उपत्यकामा एकैदिन ७६७ जना नयाँ संक्रमित थपिए
Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ५, सोमबार
काठमाडाैँ – काठमाडौंमा ६ सय २, भक्तपुर १ सय १ र ६४ जनामा संक्रमण देखिएसँगै उपत्यकामा आइतबार एकैदिन ७६७ जनामा संक्रमण देखिएको छ ।
यसैगरी आइतबारमात्र १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ जना पुगेको छ । ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण भएकोमा महिला ४ सय ६९ र पुरुष ८ सय ५६ जनामा संक्रमण देखिएको हो ।
यसैगरी नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ६ महिला र ४ जना पुरुषको कारोनाबाट मृत्यु भएको हो ।
काठमाडौंमा ४०, ६० र ६३ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७५, भक्तपुरमा ७२ र पाल्पा ४० वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै धनुषामा ७६, काठमाडौंमा ८२, चितवनमा ८० र रुपन्देहीमा ६७ वर्षिय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको छ ।
देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ जना रहेका छन् । आइतबार संस्थागत प्रदेश नम्बर १ मा ३ सय ३, प्रदेश नम्बर २ मा ८ सय ७३, बागमती प्रदेशमा ५ हजार ३ सय ३९ र गण्डकी प्रदेशमा ६ सय ८९ जना रहेका छन् । प्रदेश नम्बर ५ मा १ हजार २ सय ७७, कर्णाली प्रदेशमा २ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ३ सय ३५ गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना संक्रमित रहेका छन् । आइतबार ९ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
Categorized in राष्ट्रिय