STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ३०, आइतबार

सरकारले काठमाडौं उपत्यकाका एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेको छ ।


कोरोना संक्रमण केही घटेपनि जोखिम कायमै रहेकाले निषेधाज्ञा एक साता थप गर्ने निष्कर्षमा सरकार पुगेको हो ।

निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखको बैठक दिउँसो साढे तीन बजे बस्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

‘निषेधाज्ञा एक हप्ता थप गर्ने तयारी छ,’ उनले भने, ‘खुकुलो बनाउने सम्भावना कम छ । के-के खुकुलो बनाउन सकिन्छ भनेर बैठकमा छलफल हुन्छ ।’ गत १६ वैशाखदेखि उपत्यकामा लगाइएको निषेधाज्ञा भोलि सकिँदैछ ।

Categorized in उपत्यका