उपत्यकामा मात्र २६ सय ७२ जनामा संक्रमण पुष्टि, देशभर थपिए पाँच हजार ८ जना संक्रमित
Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २४, शनिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र २६ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २१ सय, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ गरेर उपत्यकामा २६ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो।
यसैगरी देशभर पाँच हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख पाँच हजार ६ सय ८४ पुगेको छ।
यसैगरी सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ पुगेको छ।
संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४ जना रहेका छन् भने होम आइसोलेसनमा १७ हजार १ सय ६४ जना छन्।
यसैगरी गौतमका अनुसार २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ।
मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १२ सय २९ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ७४ हजार २५२ पुगेको छ। यो कुल संक्रमितको ७० दशमलव २ प्रतिशत हो।
शनिबार १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएको हो। योसँगै नेपालमा पीसीआर गर्नेको संख्या ११ लाख ६४ हजार ५५७ पुगेको छ।
अहिले देशभर ४ हजार ६८६ जना क्वारेन्टिनमा रहेका छन्।
Categorized in राष्ट्रिय

