STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एकीकृत जाँचचौकी मङ्लबारदेखि सञ्चालनमा आउने

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ६, सोमबार

बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि सञ्चालनमा आउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीमा मङ्गलबार एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण मञ्च कार्यालयका प्रमुख हिमाल बरालले जानकारी दिनुभयो । विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा तयार गरिएको छ । चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो । भारत अहमदावादका दिनेशचन्द्र आर अग्रवालले भारतीय रु एक अर्ब १४ करोड लागतमा निर्माण गर्न ठेक्कामा लिएका थिए । विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने अनुमान गरिएको छ । जाँचचौकी सञ्चालनमा आउँदा धेरै कुरामा सहज हुने भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय