STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एमालेले आज दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्दै

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक १८, शुक्रबार

काठमाडौं - नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्दै छ । अध्यक्ष केपी शर्मा ओलीले आज दार्चुलामा आयोजना गरिने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

बिहान ११ बजे उहाँले खलङ्गामा अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिनिधिसभाका उम्मेदवार गणेशसिंह ठगुन्नाले जानकारी दिए। कार्यक्रममा सहभागी हुन ओली बिहीबार नै धनगढी पुगिसकेका छन् । ओलीले आजै बैतडी र कञ्चनपुरको आमसभालाई सम्बोधन गर्ने तय भएको बताइएको छ । यसअघि अध्यक्ष ओलीले २०७० सालको संविधानसभा निर्वाचनका क्रममा दार्चुलाको गोकुलेश्वरमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए ।

Categorized in राजनीति