कक्षा ११ को परीक्षाफल सार्वजनिक
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ७, मंगलबार
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज सार्वजनिक गरेको छ । देशभरबाट पाँच लाख नौ हजार ५२ परीक्षार्थी सहभागी भएको उक्त परीक्षामा तीन लाख ४९ हजार ६०३ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो ।
तीमध्ये दुई हजार ३१९ परीक्षार्थीले ३।६१ देखि ४ जीपीए, १३ हजार ७७२ परीक्षार्थीले ३।२१ देखि ३।६० जीपीए, ३२ हजार २५३ परीक्षार्थीले २।८१ देखि ३।२० जीपीए र ५४ हजार ८१६ परीक्षार्थीले २।४१ देखि २।८० जीपीए ल्याएका छन् ।
यसैगरी ८४ हजार २३९ परीक्षार्थीले जीपीए २।०१ देखि २।४० सम्म, ८९ हजार ६५० परीक्षार्थीले जीपीए १।६१ देखि दुईसम्म, ४३ हजार ३७ परीक्षार्थीले जीपीए १।२१ देखि १।६० सम्म, आठ हजार १७१ परीक्षार्थीले जीपीए ०। ८१ देखि १।२० सम्म र २१ हजार ३४६ परीक्षार्थीले जीपीए ०।८१ सम्म ल्याएको पनि उक्त बोर्डले जनाएको छ ।
उक्त परीक्षामा ३१ जनाको परीक्षा रद्द गरिएको थियो भने आंशिक ग्रेड वृद्धितर्फ परीक्षामा सहभागीमध्ये सात हजार १३२ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक शर्माले जानकारी दिनुभयो ।
परीक्षाफल धधध।लभद।नयख।लउ,धधध।लभद।लतअ।लभत।लउ, धधध।भमगकबलवब।िअयm मार्फत पनि हेर्न सकिने बार्डले जनाएको छ ।
बोर्डले ग्रेडवृद्धि परीक्षाको तालिका पनि सार्वजनिक गरेको र सोे परीक्षा कात्तिक ३० र मङ्सिर १ गते हुने उल्लेख छ । बोर्डका अनुसार एक विषय मात्र अनुत्तीर्ण भएका विद्यार्थीले जुनसुकै विषय भए पनि कात्तिक ३० गते परीक्षा दिनुपर्नेछ भने दुई विषयमा अनुत्तीर्ण भएकाले पहिलो दिन ठूलो कोड भएको विषय र दोस्रो दिन सानो कोड भएको विषयको परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।
ग्रेडवृद्धिका लागि असोज २८ गतेभित्रमा सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डमा फाराम भर्नुपर्ने पनि उल्लेख गरिएको छ ।
Categorized in राष्ट्रिय