कतार प्रहरीमा अवैध तरिकाले पठाएको आराेपमा सेक्युरिटी सर्भिसमा छापा
Janjati Khabar – Janjati Khabar | २०७७ माघ १३, मंगलबार
काठमाडौं । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अघि अवस्थित म्यानपावर बजारमा रहेको कल्याण सेक्युरिटी सर्भिस प्रालिमा छापा मारेको छ ।
कतार प्रहरीमा अवैध रुपमा पठाउन भन्दै अन्तरवार्ता लिएको सूचनाका आधारमा विभागले छापा मारेको हो ।
विभागकाअनुसार कतार प्रहरीका लागि अन्तरवार्ता लिइएका २२ जनाको शंकास्पद फारम बरामद भएको छ । म्यानपावर कम्पनीमा अन्तरवार्ता लिँदा छापा मार्ने क्रम बढेपछि अब व्यवसायीले सेक्युरिटी कम्पनीहरुमा अन्तरवार्ता लिन सुरु गरेको खुलेको हो ।
यसरी अन्तरवार्तामा पास भएकाहरुलाई लाखौं असुलेर भारतको बाटो हुँदै कतार पुर्याउने काम भइरहेको खुलेको छ ।
Categorized in अपराध-दुर्घटना

