STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कर्णालीको पुलमा अड्किएकामध्ये २ खच्चड मरे, ११ वटाको सकुसल उद्धार

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २७, आइतबार

काठमाडौं- अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ वटा मध्ये २ वटा खच्चड मरेका छन्। 

आज बिहान अछामबाट दैलेख सामान बोकेर जाने क्रममा कर्णाली नदीमाथिको झोलुंगे पुलको एकपटट्टीको लठ्ठा चुडिँदा १३ वटा खच्चड फसेका थिए। 

ती मध्ये ११ वटाको सकुसल उद्धार गरिएको र बाँकी २ वटा खच्चड मरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी सुनिल दाहालले न्यूजगृहलाई जानकारी दिए। 

‘पुलमा फसेका १३ मध्ये ११ वटाको सकुसल उद्धार गरिएको छ, तर दुई वटा खच्चड भने उद्धारका क्रममा मरेका छन्,’ उनले भने।  

आइतबार बिहान अछामबाट दैलेख जाने क्रममा केही खच्चडको खुट्टा तारमा अल्झिएको थियो। सो क्रममा सबै खच्चडहरु एकैपट्टी परेपछि पुलको एकपट्टीको लठ्ठा चुँडिएको र सामान बोकेका १३ खच्चडहरु त्यही अडकिएका थिए। 

अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोडने झोलुंगे पुलको जाली लत्रिएको हो। 

स्थानीयले खबर गर्नासाथ खटिएको प्रहरी टोलीसहित स्थानीयको सहयोगमा उद्धार गरिएको हो। 

Categorized in राष्ट्रिय