कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक
Janjati Khabar – Janjati Khabar | २०७७ पौष ५, आइतबार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकन्ठमा बोलाइएको छ ।
बैठकमा संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसपछि उत्पन्न अवस्थाका बारेमा छलफल हुने देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
संसद विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस अलोकतान्त्रिक र गैरसंवैधानिक भएको कांग्रेस नेताहरुले प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।
Categorized in राजनीति

