STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौँमा सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स (चालककाे नाम र नम्बरसहित)

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १७, शुक्रबार

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले कोरोना (कोभिड–१९) सङ्क्रमित बिरामी र अन्य बिरामीलाई अस्पताल पुर्याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।

महानगरपालिकाले सङ्क्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मङ्गलबार आयोजित विशेष बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले गरेको निर्णयबारे जानकारी दिँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भने, “हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पु–याउने छन् ।

यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरपालिकाका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने छौँ ।”

एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन र सीधै चालकसँग सम्पर्क गर्ने व्यवस्था हुनेछ । महानगरपालिकाका अनुसार डाइलोसिसलगायत दीर्घ रोग र आकस्मिक सेवा लिन अस्पताल जानुपर्ने व्यक्तिले अस्पताल पुग्न र आउन सवारीको समस्या भोग्नु पर्दैन ।

आपत्कालीन अवस्थाका लागि महानगरपालिकाले टोल फ्री नं। ११८० लाई चौबीसै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी समुदाय स्तरमा सचेतना बढाउन शिक्षकहरू परिचालन गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र लेबल १० स्थापनाका लागि सहयोग गर्ने बैठकले निर्णय गरेको छ ।

कोभिड नियन्त्रण तथा व्यवस्थापन गर्ने क्रममा विपन्न सङ्क्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न महानगरले ठूला वडालाई एक लाख रुपियाँ, मझौला वडालाई ७५ हजार रुपियाँ र साना वडालाई ५० हजार रुपियाँसम्म निकासा पठाउने निर्णयसमेत गरेको छ । यो समाचारगोरखापत्र दैनिकमा छ ।

एम्बुलेन्सचालककाे नाम र सम्पर्क नम्बर :

चावहिल, वडा ७ परिसर
वा ३ च २७६६ र बा १० च ७८५६
चालक, अजय लामा ९८४१ ०५४७६८, उद्धव भण्डारी ९८४१ १४०६२२
 
स्वयम्भू, वडा १५ परिसर
ना २ च ७७५४ र बा १० च ४३७३
चालक शंकर दाहाल ९८०८२ ७९८१९ डम्बर गुभाजू ९८८१ ३८७२१७
 
महाराजगञ्ज, वडा ३ परिसर
बा १२ च २३६० र बा ६ च २८२
चालक श्याम श्रेष्ठ ९८१३ २४६०८६, कृष्ण गुरुङ् ९८०८२ ९२५५०
 
ट्रली बस मीनभवन 
बा १८ च ५६५७ र ना २ च ४१२०
चालक सोमबहादुर तामाङ् ९८४० ९१६२६२ सविन थापा ९८४० २४१४४९
 
सभा गृह, प्रदर्शनी मार्ग 
बा६ च ९१०० र बा ५ च ५७५९
चालक गोर्वधन सापकोटा ९८५१० ८२४२५, तुल सिंह तामाङ् ९८१८ ४३९५९५

 

Categorized in उपत्यका