STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंका चार जनासहित एकै दिन ३२३ जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २४, शनिबार

काठमाडौं - शनिबार एकै दिन तीन सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ३२ सय ३५ पुगेको हो। नयाँ संक्रमितमध्ये २८६ पुरुष र ३७ महिला छन्। काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।  यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार २७८, बिहीवार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। शनिबार पीसीआर विधिबाट ९२ हजार चार सय ७७ र आरडीटी विधिबाट एक लाख ३७ हजार चार सय ३७ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार एक सय ११ र आरडीटी विधिबाट पाँच हजार पाँ सय ७० जनाको नमुना परीक्षण गरिएको छ। मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार एक लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा छन् । अहिले आइसोलेसन २८ सय ५७ जनाको उपचार भइराखेको छ। नेपालमा अहिलेसम्म कोरोना जित्नेको संख्या ३६५ पुगेको छ। ३९९ जना पुरुष र ६६ महिला छन् । शनिबार मात्र ३५ जना डिस्चार्ज भएका छन् । 
Categorized in राष्ट्रिय