STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंका समस्या सुनुवाइकाे लागि कल सेन्टर र समाधान टास्कफाेर्सबाट

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १६, सोमबार

काठमाडौं - काठमाडौं महानगरको कार्यपालिका बैठकमा फोहोर व्यवस्थापन सम्बन्धी एजेन्डा प्रमुखताका साथ उठाइएको छ। काठमाडौंमा फोहोर व्यवस्थापन जटिल बन्दै गएपछि महानगरको पहिलो बैठकमै फोहोर व्यवस्थापन कसरी गर्ने सम्बन्धमा बहस चलेको हो।

सोमबार नगरसभाको पहिलो लाइभ बैठकमा ३२ वटै वडाका जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै मेयर शाहले महानगरभित्रको ढल, पानी, सडकको समस्याको सुनुवाइका लागि कल सेन्टर राख्ने र टास्क फोर्समार्फत तत्काल एक्सन लिने बताए ।

बैठकमा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले फोहोर व्यवस्थापन नभएसम्म बैठक भत्ता नलिने घोषणा गरे। उनले फोहोर व्यवस्थापनका लागि ठोस योजना पेश हुनुपर्ने माग राखे। ‘फोहोर व्यवस्थापनको ठोस योजना आउनुपर्छ। फोहोर व्यवस्थापन गरिनुपर्छ। फोहोर व्यवस्थापन नभएसम्म म यो बैठकको भत्ता लिदिनँ,’ उनले भने।

उनले फोहोर व्यवस्थापन गर्दा कुहिने र नकुहिनेमा विशेष ध्यान दिनसमेत आग्रह गरे। फोहोरमा दोहोरो कर उठाइएको भन्दै उनले आपत्तिसमेत जनाए। फोहोर महानगरले उठाउँछ कि माफियाले भन्दै बैठकमा प्रश्नसमेत उठेको थियो।  

त्यस्तै महानगरभित्र सार्वजनिक शौचालयको विषय र फुटपाथका पसलहरु हटाउने सम्बन्धमा पनि वडाध्यक्षहरुले आफ्नो धारणा राखेका थिए।

Categorized in उपत्यका