काठमाडौं महानगरपालिकाले महानगर दिवसको सुशासन पत्रकारिता पुरस्कार दिने
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ मङ्सिर २६, आइतबार
काठमाडौंमा आइतबार आयोजित एक पत्रकार भेटघाटमा तीन दिने महानगर दिवस मनाउने बारे जानकारी दिनुहुँदै यो वर्ष पनि दसजना पत्रका्लाई सुशासन पत्रकारिता पुरस्कार दिने कुरा कामपा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनु भएको छ ।
काठमाडौं महानगरपालिकाले यस वर्ष तीन दिन महानगर दिवस मनाउने भएको छ । २७ औं महानगर दिवस यस वर्ष आउँदो मंसिर २७ देखि २९ गतेसम्म तीन दिन मनाउने निर्णय गरेको हो । दिवसबारे थप जानकारी दिन आइतवार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा कामपा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तीन दिने महानगर दिवस मनाउने जानकारी दिनुभएकाे हाे ।
आइतवार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा तीन दिने महानगर दिवस मनाउने बारे जानकारी दिनुहुँदै कामपा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य ।
वि.सं. १९७६ पुष २ गते स्थापना गरिएकाे सफाइ अड्डाकाे संस्थागत संरचना विकास हुँदै २०५२ सालमा काठमाडौं महानगरपालिका घोषणा गरेदेखि यता हरेक वर्ष मंसिर २९ गतेलाई महानगर दिवसको रुपमा मनाउने गरिएको मेयर शाक्यले जानकारी दिनुभयाे ।
नयाँ संविधान जारी भएपश्चात स्थानीय तहकाे पहिलाे निर्वाचित जनप्रतिनिधि, २०७२ सालकाे महाभूकम्पले ध्वस्त भएकाे भाैतिक संरचना एवं त्यस लगत्तै गागू गरिएकाे नाकाबन्दी र काेराेनाकाे आक्रान्तकाे तमाम चुनाैतीकाे सामना महानगरमा भएकाे स्राेत र जनशक्तिकाे अधिकतम उपयाेग गर्दै महानगरवासीकाे सेवामा तल्लिन रहँदै आएकाे उहाँले बताउनु भयाे ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले २७ औँ महानगर दिवसमा, सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप शुरुवात, तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने पनि बताए ।
महानगरपालिकाकाे थप प्रगति विवरण सुनाउँदै काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘२०५२ सालको मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको थियो । त्यसपछि हरेक वर्षको मंसिर २९ गतेलाई महानगर दिवसको रुपमा मनाउने गरिएको छ । यसक्रममा यो वर्ष २७ औँ महानगर दिवसमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै मंसिर २७, २८ र २९ गते गरी तीन दिन मनाउने निर्णय भएको छ ।
यस वर्ष महानगर दिवसको अवसरमा सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप शुरुवात, तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिनेछ ।’ प्रवक्ता डंगोलले २०७२ को महाभूकम्प, नाकाबन्दी र कोरोना महामारीलाई मध्यनजर गर्दै महानगरले आफूसँग भएका श्रोत साधनलाई प्रयोग गरेर महानगरवासीको सेवामा तल्लीन रहेको बताए ।
Categorized in उपत्यका

