STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं सर्ट फिल्म फेस्टा २०७९ को पुरस्कार वितरण तथा पत्रिका ‘हेराल्ड खबर’ को बिमोचन सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण १९, बिहिबार

छायाँछबि क्रियसनले आयोजना गरेको छैठौं काठमाण्डौ सर्टफिल्म फेष्टा २०७९ मा हिमाल उप्रेती निर्देशित सर्टफिल्म ‘आमा’बाट निर्माता भुपेन्द्र कुमार खड्काले उत्कृष्ट चलचित्रको अवार्ड हासिल गर्न सफल भएका छन् ।  मंगलबार काठमाडौंको मैतिदेवी स्थित डोरी रेष्टुरेन्टमा सम्पन्न भएको ‘छैठौं काठमाडौँं सर्टफिल्म फेष्टा २०७९’ मा उत्कृष्ट निर्देशक अवार्ड फिल्म ‘पैसा’ बाट रमेश कोइरालाले प्राप्त गरे । यस्तै लघु चलचित्र ‘लकडाउनको पीडा’ बाट विष्णु प्रसाद काप्री (मुस्कान)ले उत्कृष्ट अभिनेताको अवार्ड चुमे । सो सर्ट फिल्म फेस्टामा अभिनेत्री सरिता भारतीले ‘द डटर’  बाट अभिनेत्री तर्फ क्रिटिक्स अवार्ड जितन् । सो क्रममा ‘पैसा’ बाट सुनिलाले इन्करेजमेन्ट अवार्ड प्राप्त गरेकि छिन् ।

फेष्टाका विजेतालाई बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्था, चलचित्र कलाकार संघका उपाध्यक्ष तथा बरिष्ठ कलाकार मोहन निरौला , निर्देशक मदन घिमिरे , अभिनेता तथा निर्देशक मोहन निरौला , काभ्रेकी महिला नेतृ लक्ष्मी दनुवारलगायतले अवार्ड तथा प्रमाण पत्र प्रदान गरेका थिए । काठमाडौं सर्ट फिल्म फेस्टाको निर्णायकमा गजित बिष्ट (अभिनेता), कुबेर गिरी (पत्रकार), हेरुका लामा (मोडल), सुशिला थापा (मोडल), सागर घिसिङ (अभिनेता), आयुव केसी (अभिनेता), सुदीप क्षेष्ठ (मोडल) रहेका थिए । बागमती प्रदेशका प्रदेश साँसद लक्ष्मण लम्सासले नेपाली चलचित्र क्षेत्रमा लगातार दुई दशकभन्दा बढी योगदान दिने कलाकारलाई राज्यले विधावारिधीबाट सम्मान गर्नुपर्ने धारणा उनले सो कार्यक्रममा राखे ।

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का,वरिष्ठ चलचित्रकर्मि मोहन निरौला लगायतले कलाक्षेको बिषयमा धारणा राखेका थिए । यो फेस्टाले नेपालमा लघु चलचित्रको विकाशमा टेवा पुर्याउने गरेको उनले बताए । आयोजक तथा कार्यक्रमका सभापति छायाँछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले छोटा फिल्मले पनि प्राथमिकता पाउनुपर्ने र त्यसले पनि समाजमा राम्रो प्रभाव पार्न सक्ने सन्देश दिदै त्यसका श्रष्ठालाई सम्मान तथा प्रोत्सानका लागि नियमित रुपमा आफुले काठमाडौं सर्टफिल्म फेष्टा आयोजना गर्दै आएको हो भनि बताए ।

राममणी ढकालको संयोजनमा सम्पन्न भएको काठमाडौं सर्ट फिल्म फेस्टा २०७९ को पुरस्कार वितरण कार्यक्रममा साप्ताहिक पत्रिका ‘हेराल्ड खबर’ को बिमोचन समेत गरिएको थियो । समिर लामा प्रकाशक रहेको पत्रिकाको सम्पादक शान्तिप्रिय हुन् ।

Categorized in सिनेमा