STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं १७ वडामा २०० वटा सडक बत्ती जडान

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १३, शनिबार

काठमाडौं – काठमाडौं महानगरपालिका १७ वडाका विभिन्न क्षेत्रमा सडक–बत्ती जडान गरिएको छ । वागमती प्रदेशले ‘बाग्मती प्रदेश पूर्वाधार साझेदारी’अन्तर्गत आफ्ना सम्पूर्ण निर्वाचन क्षेत्रहरुको लागि सडक–बत्ती वितरण गरेको हो । वागमती प्रदेश निर्वाचन क्षेत्र ७ (क) का सांसद वसन्त मानन्धरले जनजाति खबरलाई दिएको जानकारीअनुसार १७ वडाका लागि २०० वटा सडक बत्ती प्राप्त भएको थियो । वडाका विभिन्न सडक तथा क्षेत्रमा ती बत्तीहरु जडान गरिएको सांसद मानन्धरले बताएका छन् ।
Categorized in उपत्यका