काठमाडौं ८ - लौरो लिएका साय्मि र घण्टी लिएका श्रेष्ठबीच कडा प्रतिस्पर्धा
Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ५, सोमबार
काठमाडौं - काठमाडौं-८ को तीन वटा वडाको मतगणनाको सुरुवाती परिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
सोमबार बिहान १० बजेदेखि डल्लुस्थित गीता माता विद्यालयमा भइरहेको गणनामा स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ र हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी अघि–पछि देखिएका छन् ।
पछिल्लाे मत परिणामअनुसार लौरो चुनाव चिह्नका सायमीले २३ सय ७७ मत प्राप्त गरेका छन् भने घण्टी चिह्न बाहक विराजभक्तले २३ सय ५० मत ल्याएका छन् ।
उनीहरुलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यको ११ सय २३ मत छ भने चौथो स्थानमा रहेका सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठले ९०७ मत ल्याएका छन् । श्रेष्ठ वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हुन् ।
Categorized in उपत्यका

