काठमाण्डौ उपत्यकामा डेंगु
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १९, बिहिबार
काठमाण्डौ उपत्यकाको विभिन्न भागमा लामखुट्ेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप फैलिएको छ । आवाज ननिकाल्ने सानो आकारको लामखुट्ेले दिउसो टोक्दा यो रोग सर्दछ । यो रोग लाग्दा अत्याधिक जोरो आउने, नाकबाट पानी बग्ने, वाकवाक लाग्ने जस्ता लक्षणहरु देखापर्दछ । यो रोग लाग्दा रगत परिक्षण बाट मात्रै पत्ता लाग्न सक्छ । अहिले डेगुं एकदमै महामारीको रुपमा फैलिने त्रास बढ्दै गएको छ ।
डेंगुबाट बच्ने उपायहरु यस प्रकार छन्ः
१ः यी लामखुट्े सफा पानीमा हुर्कने हुनाले घर भित्र बाहिर पानी जमार नराख्ने । पानीमा हावा नछिर्ने गरी बिर्को लगाउने वा टम्म छोपे राख्ने ।
२ः जम्मा पानी कम्तीमा २ दिन भित्रमा खर्च गरी सक्ने ।
३ंः भाडाकुडा घोप्टाएर राख्ने ।
४ः गमला मुनीको प्लेटमा पानी जम्न नदिने ।
५ः बरण्डा छतमा पान िजमेको भए बडारर्ने ।
६ः बाथरुप कमोड, प्यानमा वरावर फ्लस गर्ने ।
७ः झुल प्रयोग गर्ने ।
८ः दिउसो सुत्दा झुल टांग्ने ।
९ः बारीमा काम गर्न जाँदा पुरा बाहुला भएको लुगा लगाउने वा नटोक्ने मल्हम लगाउने ।
Categorized in अपराध-दुर्घटना