STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिपुरमा सनस्टार क्लबद्वारा युवापुस्ता लक्षित धिमे बाजा प्रशिक्षण अभियान शुभारम्भ

Janjati Khabar – ललेन्द्र शाक्य | २०७९ आषाढ २४, शुक्रबार

कीर्तिपुर नपा १० वडा कार्यालय, तःननी दाफा खलः र सनस्टार क्लबको संयुक्त आयोजनामा धिमे बाजा प्रशिक्षण शुभारम्भ

युवापुस्तालाई लक्षिण गरी तथा धिमे बाजा संरक्षण गर्ने उद्देश्य अनुरुप कीर्तिपुर नगरपालिका १० वडामा अवस्थित तःननी टोल, चिथु विहार टोल र भरियांपुखुसि टोलको युवा समुदायहरु समेटी धिमे बाजा प्रशिक्षण कार्यक्रम ने.सं. ११४२ दिल्लाथ्व अस्तमि ( २०७९ असार २३ गते) बिहिवारदेखि संचालन गरेको छ ।

कीर्तिपुर नगरमा यस वर्षको नेपालको मौलिक संवत् नेपाल संवत् ११४३ नयाँ वर्ष सांस्कृतिक पर्वको आयोजना गर्ने र कीर्तिपुरको ऐतिहासिक सबभन्दा ठूलो प्रमुख जात्रा इन्द्रायणी जात्रा कीर्तिपुर १० वडाभित्रको चिथु विहार टोल, तःननी टो र भरियांपुखुसि टोलको पालो रहेको छ । उक्त नयाँ वर्ष, इन्द्रायणी जात्राको निम्ति जात्रा भव्य एवं सभ्य रुपमा समापन गर्नको लागि उक्त तीन टोलका युवापुस्ताहरुलाई धिमे बाजा प्रशिक्षण अभियान संचालन गरेको जानकारी धिमेगुरु कविन महर्जनले दिनुभएको छ ।

कीर्तिपुर नगरपालिका १० वडा कार्यालय, तःननी दाफा खलः एवं सनस्टार क्लबको आयोजना र संयोजनमा उक्त धिमे बाजा प्रशिक्षण अभियान संचालन भएको हो ।

कीर्तिपुर नगरपालिका १ वडा थांबहाः दाफा खलःका गुरुहरुसंगको सल्लाहबाट उक्त धिमे बाजा प्रशिक्षण अभियान संचालन गरेको हो भने उक्त धिमे बाजा प्रशिक्षण अभियानका संयोजक आयोजक सनस्टार क्लबका सदस्य मनकेस महर्जन रहेको छ ।

धिमे बाजा प्रशिक्षण कार्यक्रममा प्रमुख धिमेगुरुहरु कविन महर्जन, राजन महर्जन, मुकेश महर्जन, नहिन्द्र महर्जन रहनुभएको छ भने सहायक धिमे बाजा प्रशिक्षकको रुपमा लकस शाक्य र मिडेल श्रेष्ठ रहेका छन् ।

बिहिवार कीर्तिपुर नगरपालिका १० वडाका वडाध्यक्ष नरेश महर्जनले धिमे बाजाको बोल धिमेगुरुहरुलाई हस्तान्तरण गरी उक्त धिमे बाजा प्रशिक्षण कार्यक्रम संचालन गरेको हो ।

उक्त धिमे बाजा प्रशिक्षण अभियानको उद्घाटन कार्यक्रममा १० वडाका वडाधयक्ष नरेश महर्जनलगायत १० वडाका वडा सदस्य ज्ञानेश्वर महर्जन, धिमे बाजा प्रशिक्षण अभियान आयोजक एवं संयोजक संस्था सनस्टार क्लबका अध्यक्ष हिराकाजी महर्जन, अर्को आयोजक संस्था तःननी दाफा खलःका अध्यक्ष दिलीप कुमार महर्जनको उपस्थिति रहेको थियो ।

धिमे बाजा प्रशिक्षण आयोजक एवं संयोजक संस्था सनस्टार क्लबले दिएको जानकारी अनुसार उक्त धिमे बाजा प्रशिक्षण कार्यक्रममा कीर्तिपुर नपा १० वडाका तीन टोलभित्रका ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

कीर्तिपुर नगरभित्र एक सक्रिय क्लबको रुपमा अगाडि बढिरहेको सनस्टार क्लब सांस्कृतिक, सामाजिक, धार्मिक सम्पदा संरक्षण गर्ने कार्यमा सक्रिय रुपमा पाईला चालिरहेका संस्था हो भने उक्त क्लब खेलकुद क्षेत्रमा पनि कीर्तिपुर नगरभित्र एक पाईला अगाडि रहेको संस्थाको रुपम परिचित छन् ।

Categorized in साहित्य-कला