कृषिमन्त्री खनाल द्धारा कालीमाटी प्रयोगशालाको निरिक्षण
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २७, शुक्रबार
कालीमाटी स्थित तरकारी बजारअन्तर्गत रहेको केन्द्रीय कृषि प्रयागशालाको निरिक्षण को लागि कृषिमन्त्री चक्रमाणि खनालले शुक्रबार निरिक्षण गरेका छन् ।
केहि समयदेखि भारतबाट आयात हुने तरकारी तथा फलफुलमा विषादी मिसाइएको थाहा पाएपछि विषादी परिक्षण गर्न थालिएको हो । यसबारे सरकाले
निर्णय लिन पछि हटेपछि सरकार आलोचित भएको छ । तत्कालै सरकारसंग विषादी परिक्षण गर्ने पूर्वाधार नभएको बताएको छ ।
प्रयोगशालामा पुगेका कृषिमन्त्री खनालले केन्द्रीय ल्याबमा १६९ र अरु दुई समूहका विषादी परीक्षण हुने बताए । मन्त्री खनालका अनुसार अर्गानोफस्फेट र
कार्बामेट समूहको विषादी सबै प्रयोगशालामा परीक्षण हुन्छ , जसले तरकारीमा प्रयोग हुने विषादीको करिव ३३ प्रतिशत हिस्सा ओगट्छ । अरु परीक्षण भने
प्रयोगशालामै आउनुपर्छ । साथै यहाँ पनि सबै समूहको विषादी परीक्षणको रिपोर्ट आउन दुई दिन भन्दा बढी समय लाग्छ । उनले अघि भने, ‘नेपाल आउने प्रत्येक गाडीबाट नमुना निकालेर परीक्षण गर्न सम्भव छैन ।’
विषादी परीक्षण गर्ने २ असारको निर्णयपछि पनि सरकारले प्रत्येक गाडीबाट नमुना निकालेर परीक्षण गर्न थालेको नभई फाइटो सर्टिफिकेट खोजेको बताए । ‘फाइटो सर्टिफिकेट भएका ट्रकहरु आइरहेका थिए, नभएकालाई ल्याउन भनेका थियौं’ मन्त्री खनालले भने ।
अरु देशले पनि प्रत्येक ट्रकबाट नमुना निकालेर परीक्षण नगर्ने तर, शंका लागेमा चेकजाँच गर्ने गरेको उनले सुनाए । उनले भने, ‘अहिले नेपालबाट कतारमा तरकारी जान्छ तर, दिनदिन चेक हुँदैन ।’
साथै उनले अहिले तरकारीमा विषादीको प्रयोग भयावय नभएको समेत दाबी गरे । पछिल्लो पटक गरिएका २००० नमुना परीक्षणमा दुई वटाले मात्र पहेँलो लाइन क्रस गरेको र त्यो तरकारीलाई तत्काल नष्ट गरिएको उनले जानकारी दिए ।
Categorized in राष्ट्रिय