STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कृष्ण जन्माष्टमीका दिन टक्सार बजारमा मनाइयो ‘लाखेजात्रा’

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र २१, बिहिबार

भोजपुर - भोजपुरको ऐतिहासिक टक्सार बजारमा नेवार समुदायको पहिचान बोकेकाे धार्मिक एवं सांस्कृतिक पर्व लाखेजात्राको  संरक्षणको लागि धार्मिक मेला भव्य रूपमा मनाइएको छ ।

भौगोलिक हिसाबले टक्सार ऐतिहासिक बजार पनि हो । मिनी पाटनसमेत भनिने १८७२ गीर्वाणयुद्ध बिक्रम शाहको पालामा स्थापित टक्सार बजार धातु व्यवसायका लागि पनि त्यतिकै प्रख्यात ठाउँ मानिन्छ ।

यहाँ कृष्ण मन्दिर, बिहार, चैत्य, गुम्बा लगायतका दर्जनौँ धार्मिक स्थलहरू रहेकाले स्थानीयहरुले धार्मिक मेला आयोजना गरी संस्कृती संरक्षण गर्न लागि गरेको स्थानीय प्रेम शाक्यले बताए ।

ऐतिहासिक तथा धार्मिक स्थल संरक्षण र संवद्र्धन सहित परम्पराहरू समेत जोगाउन जरुरी रहेको वडाध्यक्ष देवी प्रसाद कार्कीले बताए । विभिन्न संस्कार, संस्कृति हाम्रो अमूल्य सम्पत्ति भएको बताउँदै यस्ता धर्म संस्कार, संस्कृतिले सबै जातजातिलाई एक ठाउँमा जोडेको हुनाले यसको संरक्षण गर्दै मौलिकता जोगाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए ।

धार्मिक मेलामा विभिन्न जातजातिका झाँकी प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, विभिन्न समूहहरूको लाखे नाच प्रदर्शन, श्रीकृष्ण रथयात्रा जस्ता कार्यक्रमहरू भएका छन् । विषेश गरी भोजपुर बजार, टक्सार, वोखिम, चम्पे, दावालगायतका स्थानहरुमा कृष्ण जन्माष्टमी भव्य रुपमा मनाइएको छ ।

Categorized in राष्ट्रिय