कोरोनाबाट किष्ट अस्पतालमा एकजनाकाे मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २६, सोमबार
काठमाडौँ – कोरोना संक्रमणका कारण ललितपुरको किष्ट अस्पतालमा एकजनाकाे मृत्यु भएकाे छ ।
ललितपुरको किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको मृत्यु भएको हो।
अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले ती महिलाको सोमबार बिहान ९ बजे मृत्यु भएको जानकारी दिए । उनी भेन्टिलेटरमा उपचाररत थिइन् ।
निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेकी उनलाई शंका लागेर कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको थियो । परीक्षणमाे उनकाे रिपोर्ट पाेजेटिभ आएकाे हो ।
Categorized in उपत्यका