कोरोना जोखिम पूर्वनियन्त्रणमा सहयोग गर्न नेवाः देय् दबूको सर्कुलर
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ७, शुक्रबार
काठमाडौं– नेवाः देय् दबूले आफ्ना सम्पूर्ण तहका समिति, आबद्ध जातीय संघसंस्था, संघसंस्था तथा सम्बन्धित सबैमा कोरोना भाइरसको सम्भावित संक्रमण र जोखिम नियन्त्रणका लागि पूर्वतयारी गर्न तथा विशेष सतर्कता अपनाउन विशेष सर्कुलर जारी गरेको छ ।
नेवाः देय् दबूका अध्यक्ष नरेशकुमार ताम्राकारद्वारा हस्ताक्षरित चैत ६ गते जारी अपीलमा कोरोना भाइरस नियन्त्रण पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन चैत ५ गते नेपाल सरकारले लिएको निर्णयअनु्सार गर्न गराउन सम्बन्धित सबैमा अनुरोध समेत गरिएको छ ।
नेपाल सरकारले लिएको उक्त निर्णयको स्वागत गर्दै देय् दबूले यस विषम परिस्थितिमा संयमित र सचेत भई सतर्कता अपनाउन र भाइरस नियन्त्रणका लागि भइरहेको हरप्रयासलाई प्रभावकारी बनाउन आफू र आफ्नो समुदायको तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्न समेत अपील गरेको छ ।
Categorized in राष्ट्रिय