कोरोना ब्रिफिङ आइतबार र बुधबारमात्र, नियमित अपडेट सामाजिक सञ्जालबाट
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १२, बुधबार
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धी ब्रिफिङ अब हप्तामा दुई दिन मात्र हुने भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने बताएका छन्।
यसअघि प्रेस बिफ्रिङ हप्ताको सातै दिन 'लाइभ' हुँदै आएको थियो । प्रेस ब्रिफ्रिङ सातामा दुई दिन मात्रै आए पनि सामाजिक सञ्जालमा कोरोनाबारे नियमित अपडेट गरिने डा. गौतमले जानकारी दिए।
डा.गौतमका अनुसार अन्य दिन अपरान्ह ४:३० बजे डाटा अपडेट गरिनेछ। सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जाल र हाम्रो स्वास्थ्य मोबाइल एप्लिकेसनमा दिइने मन्त्रालयले जनाएको छ।
Categorized in राष्ट्रिय

