STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोसेली महोत्सव गरिने

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २५, बुधबार

दशैँलाई ध्यान राखेर घरलु तथा कुटिर उद्योगद्वारा उत्पादित वस्तुको व्यापार प्रवद्र्धन गर्न यहाँ आगामी असोज १० देखि १४ गतेसम्म कोसेली महोत्सव गरिने भएको छ । ‘राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौँ, स्वदेशी उत्पादनको प्रयोग गरौँ’ भन्ने नाराका साथ महिला उद्यम समिति, उद्योग सङ्गठन मोरङ र नेपाल युवा उद्यमी मञ्च विराटनगरको संंयुक्त आयोजना महोत्सव जैन भवनमा हुने भएको हो । महिलाद्वारा सञ्चालित उद्योगबाट उत्पादित वस्तुको बजार पहुँच, नयाँ उत्पादनबारे जानकारी, कृषि, औद्योगिक तथा पर्यटन क्षेत्रको विकास, अग्र्र्यानिक वस्तुको उत्पादन र उभोगमा जोड, महिला तथा युवामा उद्यमशीलताको विकासमा सघाउ पु¥याउने उद्देश्यले मेलाको आयोजना गरिएको महोत्सवका संयोजक मनोजविक्रम शाहले जानकारी दिनुभयो । औद्योगिक उत्पादन, हस्तकलाका सामग्री, सिलाइकटाइ वस्तु, जुत्ता चप्पल, ढाका तथा ऊनीका कपडा, शृङ्गारका साधन, घरायसी सामग्री, सूचना प्रविधि, अग्र्यानिक उत्पादन, स्थानीय समुदायका विभिन्न खानाका परिकार महोत्सवमा प्रदर्शन गर्न राखिने अर्का संयोजक गिरिजा सारडाले बताउनुभयो । औद्योगिक, घरेलु तथा साना उद्योग र खानाका गरी ११२ कक्ष रहने छन् । मेलामा ३० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
Categorized in सिनेमा