STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

क्योकुशिन सेइसिन काईकानले भक्तपुरमा विद्यालय पोशाक वितरण

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक २, आइतबार

नेपाल क्योकुशिन सेइसिन काईकान कराँते संघको आयोजनामा आशापुरी डोजो भक्तपुरमा घटस्थापनाको दिन पारेर शुभकामना आदान प्रदान तथा विद्यालय पोशाक वितरण कार्यक्रम आयोजना गरेको छ ।

बडा दशैं , तिहार , नेपाल सम्बत न्हू दँ ११४१ तथा छठ पर्वको अवसर पारेर आयोजित ‘शुभकामना आदान-प्रदान तथा विद्यालय पोशाक वितरण कार्यक्रमका क्रममा आशापुरी डोजो भक्तपुरको बेल्ट प्रमोशन टेष्ट कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

समारोहमा नेपाल क्योकुशिन सेइसिन काइकान कराँते संघ तथा नेप्लिज फेसन होमको संयुक्त पहलमा मायाको चिनोको रुपमा सहभागि खेलाडीहरुलाई सदस्य सचिव सिलवालको हातबाट विद्यालय पोशाक तथा स्टेशनरी हस्तान्तरण गरिएको थियो ।

यसका साथै प्रमोशन भएका प्रशिक्षक तथा खेलाडीहरुलाई सदस्य सचिवले बधाई ज्ञापन गर्नु भएको थियो ।

भक्तपुर डोजो, आशापुरीका डोजो प्रमुख हर्कबहादुर तामाङ्गको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा विशेष अतिथिहरु वर्ल्ड क्योकुशिन काईकान कराँतका उपाध्यक्ष तथा नेपालका केन्द्रिय अध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, केन्द्रिय उपाध्यक्ष समाजसेवी हेमा मानन्धर, मिस नेवाः ११३९ नीतु डंगोल, सूर्य बिनायक नगरपालिका वडा नं. ८ का अध्यक्ष किरण थापा तथा अतिथिहरु संघका महासचिव प्रशिक्षक प्रविण बस्नेत, आशापुरेश्वर संरक्षण तथा विकास समितिका अध्यक्ष टुल्कु  लामा, जागृति आधारभूत विद्यालयका प्रधानाध्यापक राजु बस्नेतद्वारा शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।

समारोहमा सूर्य बिनायक नपा वडा नं ८ का वडा सदस्य अजयकुमार तामाङ, वडा सदस्य धर्मराज बस्नेत, संघका केन्द्रिय सदस्य राजेन्द्र थापा, काठमाडौं जिल्ला संघ अध्यक्ष  प्रशिक्षक राजकृष्ण श्रेष्ठ, ललितपुर डोजो प्रमुख राजु तामाङ, बौद्ध डोजो प्रमुख बुद्ध तामाङ, भैंसेपाटी डोजो प्रमुख गोपाल भुजेल, मुलपानी डोजो प्रमुख श्याम लामा, भक्तपुर डोजो प्रमुख जेनकुमार तामाङ, प्रशिक्षक विजयकुमार तामाङ, टग अफ वारका वरिष्ठ उपाध्यक्ष सूर्य भट्टराई तथा समाजसेवीहरु गोविन्दबहादुर अधिकारी, ठूलो कान्छा तामाङको पनि विशेष उपस्थिति रहेको थियो ।

समारोह मिस नेवा: प्रजिता श्रेष्ठ तथा प्रशिक्षक सुरेन्द्र लामाले सञ्चालन गरेका थिए ।

Categorized in उपत्यका