गुलि न्ह्यइपुसे च्वं भन्दै नेपालभाषाको नयाँ म्युजिक भिडियो सार्वजनिक
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर १९, शुक्रबार
नारायण गोपाल स्मृति दिवसको अवसरमा नेपालभाषा संगीत क्षेत्रमा लोकप्रिय गीत गुलि न्हयपुइसे च्वं को म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरियो ।
हास्य सम्राटका रुपमा ख्याति प्राप्त अभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा विशाल बजारको बेन्टो लाउन्जमा सम्पन्न गुलि न्हयपुइसे च्वं गीत को म्यूजिक भिडीयो सार्वजनिक कार्यक्रममा नेपालभाषाका प्रथम म्युजिक भिडियो निर्देशकका रुपमा परिचित चलचित्र पत्रकार विजयरत्न असंबरे ले सार्वजनिक म्युजिक भिडियो को समीक्षा गर्नु भयाे भने अग्रज संगीतकार गोविन्द ह्युमत , लोककवि राजभाइ जकःमि लगायत सो म्युजिक भिडियो संग सम्बन्धित कलाकार र प्राविधिक हरुले पनि आआफ्नो मन्तव्य राख्नु भएका थिए ।
सरिता शाहीको स्वरमा रहेको उक्त गीतका रचनाकार आनन्द बज्राचार्य हुनुहुन्छ भने संगीत राजु सिहं र संगीत संयोजन जुगल डंगोलले गर्नुभएको थियो । फर्पिगं अवस्थित नेपालको पहिलो विद्युत गृहको वरपर रमणीय स्थलहरुमा छायाकंन गरिएको उक्त म्युजिक भिडियो एउटा सरलता बोकेको तर आकर्षक म्युजिक भिडियो बनेको कुरा प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले बताउनु भयो । राजन शाहीको निर्देशन तथा दर्शन वीर शाक्य को परिकल्पना तथा मनोजरत्न शाहीको छायाङ्कन तथा सम्पादनमा तयार भएको उक्त भिडियो मा किशोर चिपालु तथा आराध्य लक्ष्मी खड्गी ले अभिनय गर्नुभएको छ ।
Categorized in साहित्य-कला

