STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ३०, बिहिबार

गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । बिहान १० बजेदेखि मतदान शुरु भएको सङ्घका प्रवक्ता भुषण घिमिरेले जानकारी दिनुभयो । शुरुमा विद्युतीय मेसिनबाट मतदान हुने भनिए तापनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । “बुधबार राति ९ बजेदेखि विद्युतीय मेसिनबाट मतदान हुने भनिएको थियो”, उहाँले भन्नुभयो, “तर विद्युतीय मेसिनमा दुवै पक्षको सहमती नजुटेपछि पुनः मतपत्र छापी आज मतदान शुरु गरिएको हो ।” निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहनुभएको छ । नयाँ नेतृत्वका लागि अध्यक्षमा कुमार पन्त र कूल आचार्यबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । विभिन्न छ ठाउँमा भइरहेको मतदान दिउँसो ४ बजेसम्म हुनेछ । निर्वाचनले दुई वर्षका लागि ४२ सदस्सीय कार्यसमिति चयन गर्नेछ । निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेका छन् । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका समापन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली सहभागी छन् ।
Categorized in राष्ट्रिय