STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गौरिका र मन्देकाजी उत्कृष्ट, अरुणाले जितिन् पिपुल्स च्वाइस

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २८, मंगलबार

पौडी खेलाडी गौरिका सिंह र  (साग) मा दुई स्वर्णपदक जितेका मन्देकाजी श्रेष्ठ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

गौरिका सिंहले यो वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छन् । आज आयोजित १७ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत गौरिकाले उत्कृष्ट महिला वर्ष खेलाडीको अवार्ड जितेकी हुन् ।

यसैगरी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा मन्देकाजी उत्कृष्ट पुरुष वर्ष खेलाडी घोषित भएका हुन् ।  

तेक्वान्दोकी आयशा शाक्य, करातेकी अनु अधिकारी, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथोलनकी सोनी गुरुङलाई पछि पार्दै गौरिकाले यो अवार्ड हात पारेकी हुन् ।  अवार्डसँगै उनले १५० सीसीको पल्सर मोटरसाइकल पाइन् । गाैरिकाले गत वर्ष नेपालमा भएको १३ औँ सागमा चार वटा स्वर्ण, दुई रजत, तीन कांस्य जितेकी थिइन् ।  मन्देकाजी श्रेष्ठले जिते उत्कृष्ट पुरुष खेलाडीको अवार्ड

सागमा दोहोरो स्वर्ण जितेका तेक्वान्दोका कमल श्रेष्ठ, गल्फका सुवास तामाङ, फुटबलका विकेश कुथु र एथ्लेटिक्सका गोपीचन्द्र पार्कीलाई पछि पार्दै श्रेष्ठ उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् । उनले १५० सीसीको पल्सर मोटरसाइकल पाए ।

भलिबलकी कप्तान अरुणाले जितिन् पिपुल्स च्वाइस अवार्ड

यसैगरी राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइज अवार्ड जितेकी छिन्। सातदोबाटोमा आज भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत पिपल्स च्वाइज विधामा अवार्ड जितेकी हुन्।

कप्तान अरुणाले पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठलाई उछिन्दै अवार्ड जितेकी हुन् । अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गर्दा मन्देकाजी श्रेष्ठ २८.४५७ प्रतिशत भोटसहित दोस्रो स्थानमा रहे । तेस्रो स्थानमा सदिना १३.४९९, चोथोमा गौरिका १३.३०९ तथा पाँचौमा सावित्रा ७.२१८ प्रतिशत मत प्राप्त गरे ।

Categorized in खेलकुद