चित्रकलाको ‘मध्यपुरथिमि सिरिज’
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ४, शनिबार
मध्यपुरथिमि सिरिजको दोस्रो दिन आज कलाकारले नगदेशस्थित सिद्धिगणेश मन्दिरलाई आर्ट पेपरमा जलरङले समेटेका छन् । शनिबार सिरिजको पहिलो दिन बोडेमा कार्यशाला आयोजना गरिएको थियो । जीर्ण भए पछि २०४५ सालमा स्थानीय जोगबहादुर बादेको नेतृत्वमा पुनःनिर्माण भएको झक्तपुरको मध्यपुरथिमि नगरपालिका–७ नगदेशस्थित सिद्धिगणेश मन्दिरमा आज स्थलगत चित्रकला कार्यशाला सञ्चालन गरिएको थियो । यहाँ चैत मसान्तको दिनमा र इन्द्रजात्राको समयमा ठूलो जात्रा लाग्छ । बिरामी हुँदा र मनोकामनाका लागि पूजा गर्ने तथा बत्ती बाल्ने प्रचलन रहेको ८३ वर्षीय जोगबहादुरले बताउनुभयो ।[/caption]
यहाँ सिद्धिगणेशको सुनौलो मन्दिर छ । काठमा कुँदिएको आकर्षक बुट्टा, आँखीझ्यालसहित विभन्न देवीदेवताका सुन्दर मूर्ति राखिएको छ । मानव बस्तीको बीचमा रहेको यो मन्दिर आसपास लोकेश्वर, अमोघसिद्धि बुद्ध, कृष्ण, महाङ्काल, सिद्धिगणेश, भगवती, भीमसेनलगायत मूर्ति राखिएको छ ।
[caption id="attachment_22268" align="alignnone" width="1658"]
“पहिले–पहिले हरेक शनिबार कुनै एक ठाउँमा कला सिर्जना गरिन्थ्यो, त्यसले सबै ठाउँ समेट्न सकेन, त्यसकारण हामीले एउटै क्षेत्रमा गहिरिएर अध्ययन गरी चित्रकारिता गर्न सिरिज शुरु गरेका हौँ”, अभियानकर्मी दिवेश प्रधानले भन्नुभयो । उहाँका अनुसार सिरिजका कारण कला निखार्न, सिकाइ आदानप्रदान गर्न र ऐतिहासिक तथा धार्मिक सम्पदाको अभिलेखीकरणका लागि सहयोग पुग्नेछ ।[/caption]
फेसबुकबाट जोडिएर शुरु गरिएको शनिबारीय कला कार्यशालाको अभियानकै कारण चित्रकारिता छाडेका कलाकार पुनः फर्किएका छन् । नयाँ कलाकारलाई हौसला मिलेको छ भने सिक्ने र सिकाउने क्रम बढेको छ । अर्का अभियानकर्मी राकेशचन्द्र श्रेष्ठ भन्नुहुन्छ, “स्थलगत कला कार्यशालाले एउटा साँघुको काम गरेको छ, यसमा नयाँ र पुराना सबै कलाकार सरिक भएर सिकाइ साट्ने थलो बन्न पुगेको छ, पछिल्लो समयमा यस्तै अभियान जिल्ला–जिल्लामा पनि शुरु भएकामा खुशी छौँ ।” उहाँले आगामी दिनमा आर्ट क्याम्पसँगै अनलाइन प्रतियोगिता गर्ने सोच बनाएको बताउनुभयो ।
आजको कला कार्यशालामा श्रेष्ठ र प्रधानसहित दीपेन्द्रमान बनेपाली, विक्रम र अर्विट प्रजापति, प्रकाश मानन्धर, दिपीन श्रेष्ठ, राजेन्द्रप्रसाद याकामी, रुविन वादे, झलक केसी, राधेश्याम कर्माचार्य, सूर्यराम सुवाल, कान्छाकाजी भासिमा, लक्ष्मीभक्त भासिमा, चन्द्रा श्रेष्ठलगायत कलाकार सरिक हुनुहुन्थ्यो ।
फेसबुकबाटै सम्पर्क भएर बेला–बेलामा विदेशी कलाकारसमेत सहभागी हुने गरेका छन् । एक अष्ट्रेलियाली कलाकार सहभागी भएकाले उहाँकै प्रयासमा केही चित्र अहिले अष्ट्रेलियामा प्रदर्शन भइरहको र यसले नेपालको पहिचन विश्वसामु फैलाउन सहयोग पुगेको बताउनुहुन्छ कलाकार प्रधान ।
यसअघि भक्तपुर सिरिजअन्तर्गत रामायणी, महेश्वरी, चुपिङ्घाट, नागपोखरी, दत्तात्रय, हुमागणेश, नवदुर्गा र दरबार स्क्वायर पुगेर बनाइएका चित्र प्रदर्शनी गरिसकिएको छ । यहाँ १८ कलाकारका ६० भन्दा बढी चित्र समावेश गरिएको थियो । यस्तै ललितपुर सिरिज पनि सम्पन्न भइसकेको छ ।
उहाँहरुले ‘भोटेकोशी सभ्यताको सौन्दर्य’ कार्यशाला गरी पाटन दरबार स्क्वायरमा प्रदर्शनी गर्नुभएको थियो । यस्तै हनुमानढोका, काठमाडौँ र ललितपुरको दरबार स्क्वायर, भक्तपुर, थिमि, टेकु, खोकना, गुहेश्वरी, चोभार, चापागाउँ, साँखु, बुङ्मतीलगायत क्षेत्रमासमेत चित्रकला कार्यशाला भइसकेको छ ।
Categorized in राष्ट्रिय


