चीनका नेपालीलाई फागुन ३ गते स्वदेश ल्याइने
Janjati Khabar – जनजाति खबर | २०७६ माघ २८, मंगलबार
काठमाडौं– चीनमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते स्वदेश ल्याइने भएको छ । मन्त्रिपरिषदको बैठकले फागुन ३ गतेको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । ती विद्यार्थी ल्याउनका लागि नेपाल एयरलाइन्सको जहाज पठाइने भएको छ । वुहानमा रहेका १८० नेपाली विद्यार्थीले नेपाल आउनका लागि आवेदन दिएका छन् । वुहानमा रहेकालाई ल्याउन ढिला गरेको भन्दै विद्यार्थीका अभिभावकले विरोध जनाउँदै आएका थिए । चीनबाट ल्याइने उनीहरुलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको भवनमा राखिने छ । खरिपाटीका स्थानीयले यसअघि विरोध गर्दै आएकोमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, तीनवटै सुरक्षा निकाय र स्थानीयबीच सहमति भएको छ । छलफलमा स्थानीयले विरोध नगर्ने प्रतिबद्धता जनाएका छन् । चीनबाट ल्याइने नेपालीको निगरानीका लागि ८६ जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ ।खरिपाटीमा राख्दा स्थानीयले विरोध नगर्ने
साभार : सेतोपाटीडटकम
Categorized in राष्ट्रिय

