STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाको प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण २८, बुधबार

काठमाडौं - समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ। आज मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकलले प्रदर्शन गर्ने निर्णय गरेको हो। 

आइतबार राजावादीको प्रदर्शनलगत्तै समाजवादी मोर्चाले त्यसको विरोध गर्दै गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो। 

समाजवादी मोर्चाले 'प्रतिगामी शक्ति'विरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिएको नेसपाका नेता महिन्द्र राय यादवले जानकारी दिए। 

आइतबार काठमाडौँमा राजावादीले प्रदर्शन गरेका थिए। त्यसपछि सबै राजावादी समर्थित दलबाहेक अन्य दलले यसको विरोध गर्दै आइरहेका छन्। समाजवादी मोर्चामा आवद्ध दलहरूले त राजावादीको प्रदर्शनको विरोधमा काठमाडौँ केन्द्रित प्रदर्शनको तयारी गरेको हो। 

मोर्चाको संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव छन्।  मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी पनि सहभागी छन्। 

Categorized in राजनीति