जनमतकी अनिता देवी सामान्य प्रशासनमन्त्री, सपथ सोमबार बिहान १० बजे
Janjati Khabar – Janjati Khabar | २०८० श्रावण २८, आइतबार
काठमाडौं - नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएसँगै उक्त पदमा जनमत पार्टीकी अनिता देवी साह
नियुक्त हुने भएकी छन् ।
उनले सोमबार पद तथा गोपनीयताको शपथ लिन लागेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार बिहान १० बजे मन्त्रीले शपथ ग्रहण गर्ने गरी तयारी गरिएको छ ।
जनमतले अनिता देवीलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस गरिसकेको छ।
Categorized in राजनीति

