STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जापानका प्रधानमन्त्रीले खामेनीलाई भेट्ने

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १९, आइतबार

जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई भेट्नुहुने भएको छ । उहाँहरुका बीचमा अर्को हप्ता भेटवार्ता हुने तय भएको आइतबार प्रेसित समाचारमा जनाइएको छ । इरान र जापानबीचको नराम्रो सम्बन्धलाई न्यूनीकरण गर्न आगामी भेट फलदायी हुने अपेक्षा गरिएको अधिकारीहरुले जनाएका छन् । मिनिची सिम्बुन अखबारका अनुसार जापानका प्रधानमन्त्री र तेहरानका सर्वोच्च नेताका रुपमा आबे र खामेनीबीच पहिलो पटक भेट हुन लागेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता आफ्नो औपचारिक जापान भ्रमणका क्रममा इरानसँग वार्ता गर्ने विषयमा आफू खुला रहेको बताउनुभएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय