STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जापानमा ७.३ रेक्टरस्केलको भूकम्प

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र ४, शुक्रबार

काठमाडौं- जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। जापानस्थित मौसम विज्ञान एजन्सीका अनुसार फुकुसिमामा म‌ंगलबार राति साढे ११ बजे ७.३ रेक्टरस्केलको भूकम्प गएको हो।

भूकम्पपछि जापानको उत्तरी क्षेत्रमा सुनामीको चेतावनी दिएको छ। मियागी र फुकुसिमा क्षेत्रमा सुनामी आउने चेतावनी दिइएको हो।

राष्ट्रिय प्रसारक एनएचकेका अनुसार भूकम्पका कारण २० लाख बढी मानिस बिजुलीबाट प्रभावित भएका छन्। जापानको राजधानी टोकियोमा समेत बिजुली गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

Categorized in अन्तर्राष्ट्रिय