जि २०’ मा मेक्सिको राष्ट्रपति नजाने
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार
मेक्सिकोका राष्ट्रपति आन्डेस् म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा हुन लागेको जि२० सम्मेलनमा भाग नलिने घोषणा गर्नुभएको छ ।
आगामी जुनको २८ र २९ मा जापानको ओसाका शहरमा हुन लागेको यस सम्मेलनमा आन्ड्रेस्ले नजाने घोषणा गर्नु भएको समाचारमा जनाइएको छ ।
राष्ट्रपति आन्ड्रेस्ले आफूले जि२० सम्मेलनमा भाग नलिने जानकारी गराउनुभएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
नियमित पत्रकार सम्मेलनका क्रममा उहाँले आपूm सो सम्मेलनमा नजाने र ओसाकामा हुन लागेको सो सम्मेलनमा आपूmले मध्यमार्गी सुझाव पठाउने धारणा राख्नुभयो ।
Categorized in अन्तर्राष्ट्रिय