STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जोरविजोर प्रणालीमा निजी सवारी, मोटरसाइकलमा चालकमात्र बस्नुपर्ने

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २९, बिहिबार

काठमाडौं - सरकारले लकडाउनको मोडालिटी परिर्वतन गरेसँगै जोरविजोर प्रणालीमा निजी सवारी साधान चलाउने पाइने भएको छ । जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन । उपत्यकाको हकमा तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिने छ । यसअघि पास लिएर सञ्चालन भएको निजि सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्नु पर्नेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालका अनुसार ४ पाङ्गे सवारी साधनमा चालकसहित ३ जनासम्म सवार हुन सक्नेछन् । २ पाङ्गे सवारी साधन ( मोटरसाइकल, स्कुटर, मोपेड) मा भने चालक मात्र हुनु पर्नेछ । अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू वेलुका ९:०० बजेदेखि विहान ५:०० बजेसम्म चलाउन भने रोक लागाइएको छ । सार्वजनिक यातायात अर्थात कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चल्न पाइने छैन । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई भने अनिवार्य पास लिएको हुनुपर्छ । सवारीसाधनमा बस्दा पनि मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीसाधन प्रत्येक दिन निसंक्रमित गर्नुपर्नेछ ।
Categorized in राष्ट्रिय