STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टुँडिखेल अपडेटः भीडमा च्यापिएर घाइते हुने प्रहरीसहित ११ जना पुगे

Janjati Khabar – Janjati Khabar | २०८० माघ १, सोमबार

काठमाडौं- काठमाडौंको टुँडिखेलमा आज थारू र मगर समुदायको माघी मेलाका क्रममा भीडभाडमा च्यापिएर घाइते हुनेमा ११ जना पुगेका छन् । जसमा १ प्रहरी पनि घाइते छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइते हुनेमा वर्ष १२ की त्रिसणा मगर, वर्ष १२ कै अञ्जना  तामाङ, वर्ष १९ की रेजिना घले, वर्ष १६ की निकिता मगर, वर्ष ३० की रेखा चौधरी छन्। 

त्यस्तै, वर्ष १६ की अनिसा केसी, वर्ष २५ की कल्पना चौधरी, वर्ष २२ की मन्दिरा बस्नेत पनि घाइते भएका छन्। 

यस्तै अन्य घाइतेमा वर्ष ४० की मीना थापा, वर्ष १९ की रिजा रेसमी मगर र कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्रहरी जवान पृथ्वी बुढामगर छन् ।

Categorized in अपराध-दुर्घटना