STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तेइस वर्षदेखि तेल पेल्ने ‘मिल’ चलाएर जीविकोपार्जन

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १०, शुक्रबार

चौरीदेउराली गाउँपालिका–४ खारेखोलाका शारदा पौडेल बिहान ६ः०० बजे हिँडेर पनि तोरी पेल्ने पालो नपाएपछि राति बास बसेर तोरी पेल्नुभयो । सोही गाउँपालिका–४ छेडामा स्थानीय बासिन्दा कान्छाराम लामाले सञ्चालन गरेको मिलमा तोरी पेल्न उहाँलगायतका सोही टोलका छिमेकीहरु पनि सँगै थिए । गाउँमा मिल नै नहुने र भए पनि राम्रोसँग पेलेर नदिने गरेका कारण पनि गाउँका मानिस सबैजसो त्यही आउने गरेका छन् । “गाउँमा अरु नजिक मिल छैन, कि यही आउनुप¥यो, कि त माथि सल्लेसम्म जानुपर्छ”, स्थानीय बासिन्दा पौडेलले भन्नुभयो । दिउँसो मान्छे धेरै आउने गरेका कारण राति आएर तोरी पेल्न मिलमा आएका अर्का स्थानीय काजी तामाङले बताउनुभयो । “दिउँसो आउनुप¥यो भनेर फोन गरेको तर पालै छैन भनेर भन्यो, त्यसैले राति बास बस्ने गरेर मिलमा आएको हुँ”, स्थानीय बासिन्दा काजी तामाङले भन्नुभयो ।सानेबाङथलीबाट तोरी पेल्न आउनुभएका अर्का तेजबहादुर तामाङले दिउँसो पालो नपाउने गरेका कारण राति नै भारी बोकेर आएको बताउनुभयो । “दिउँसो त घाँस पनि काट्नुप¥यो, भैँसी पनि हेर्नुप¥यो”, उहाँले भन्नुभयो, “हामी गाउँको मान्छे, यसरी नै समय बित्ने गरेको छ ।” एकपटक पेल्न आएको तोरीको तेलबाट तीन÷चार महीना पु¥याउने गरेको उहाँले बताउनुभयो । यहाँका किसान आफूलाई आवश्यक पर्ने तोरी आफँै उत्पादन गर्ने गर्छन् । टाढाटाढाका गाउँदेखि तोरी, धान र मकैलगायतका बस्नु पेल्न भीड नै लाग्ने गरेका कारण मिल सञ्चालक कान्छारामलाई फुर्सद नै मिल्दैन । घण्टौँसम्म हिँडेर लाइनमा पालो कुर्दै बसेकाको भारी हेरेर भने जसरी पेल्ने या पिन्ने उहाँको दैनिकी हो । अहिले दशैँ पनि नजिकिँदै आएका कारण पनि हिजोआज उहाँको फुर्सद नै छैन । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–४ का उहाँले विगत २३ वर्षदेखि गाउँमा नै मिल चलाएर कमाएको पैसाले जीविकोपार्जन गर्दै आइरहनुभएको छ । उहाँले तोरी पेल्ने, मकै, धान र मिल एकै ठाउँमा सञ्चालन गर्दै आइरहेको बताउनुभयो । उहाँले चलाएको मिलमा चार÷पाँच घण्टाको बाटो हिँडेर विर्तादेउराली, बाङथली, खहरेखोला, चौरीलगायतका ठाउँबाट हिँडेर आई तोरी, धान र मकै पिध्न आउने गरेका जानकारी दिनुभयो । “तोरीका लागि सधैँ आउँदैनन्, कहिलेकाहीँ आउने भए पनि सबैजसो ठाउँका मानिस यही आउने गरेका छन्”, उहाँले भन्नुभयो, “आएका जति सबैको चित्त बुझ्ने गरी सेवा दिने गरेको छु ।” दशैँको समयमा त पालो मिलाएर सेवा दिन नै नसक्ने गरी सेवाग्राही आउने गरेका उहाँले बताउनुभयो । “फाइदाभन्दा पनि आफ्नो जीवन चलेकै छ”, उहाँले भन्नुभयो, “यही पेशाबाट छोरा छोरीलाई पढाउने र घर खर्च चलाइरहेको छु ।” तोरी पेल्न होस् या धान अथवा कमै पिन्न, एक पाथीको रु २५ लिने गरेको उहाँले बताउनुभयो । अहिले दशैँको सिजन आएका कारणले पनि विशेष गरी तोरी पेल्न आउनेको घुइँचो नै लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । त्यसरी काम गर्दा रातभरिमा छ मुरीसम्म पेल्ने गरेको लामा सुनाउनुुहन्छ ।
Categorized in राष्ट्रिय