STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थपिए २१०३ कोराेना संक्रमित, थप १७ जनाकाे मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर ४, बिहिबार

काठमाडौं – पछिल्लो २४ घण्टामा २ हजार १ सय ३ जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ। 

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार २८ हजार १०६ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा २८ हजार १०६ जना र ७६७ जना क्वारेन्टाइनमा छन्।

बिहीबार २८ सय ५८ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ।

हालसम्म १६ लाख ३३ हजार ५५९ वटा पीसीआर नमूना परीक्षण गरिएको छ।

नेपालमा कोरोनाबाट १२ सय ७६ जनाको मृत्यु भएको छ। बिहीबार मात्रै १७ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। 

Categorized in राष्ट्रिय