STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप २४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित २४३ पुगे

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३१, बुधबार

काठमाडाै‌‌‌ -  बुधबार  थप २४ जनामा बुधबार कोरोना संक्रमण देखिएको छ। आजै मध्यान्न दुई जना व्यक्तिमा संक्रमण देखिएको थियो। जसमा एकजना बाँके र अर्का कपिलवस्तुका हुन्। यीसहित बुधबार कुल २६ जनामा संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ। बुधबार थपिएका संक्रमितहरु १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, ३ जना पर्सा, एकजना नवलपरासीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। थपिएका २४ संक्रमितमध्ये २० जना पुरुष र ४ जना महिला छन्। उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो।  
Categorized in राष्ट्रिय