STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप ४६८ मा स‌ंक्रमण, मृत्यु हुने १०० नाघ्याे

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३१, शनिबार

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २६ हजार १९ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ४७ को स्वाबको पीसीआर परीक्षण गर्दा ४६८ को रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाले तीन जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको कुल संख्या १०२ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंमा ८०, ललिपतुरमा ९ र भक्तपुरमा ९ जना छन् । प्रवक्ता गौतमका अनुसार २४ घण्टामा १२४ संक्रमित निको डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको कुल संख्या १७ हजार २०१ पुगेको छ।  
Categorized in राष्ट्रिय