STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप ५३५ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ९५६१ पुग्यो

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ८, सोमबार

काठमाडौं : सोमबार ५३५ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ८१ हजार ३७१ र आरडीटी विधिबाट दुई लाख ६८ हजार १०३ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशाला पीसीआर विधिबाट ६ हजार १९८ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ९० हजार ७३० छन् भने आइसोलेसनमा ७ हजार ७ सय ८९ जनाको उपचार भइराखेको छ। यस्त सोमबार थप ३७० जनाले कोरोना जित्नेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ३७० जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए। योसहित निको हुनेको संख्या २ हजार १४२ पुगेको हो।
Categorized in राष्ट्रिय