थप ७ जनामा संक्रमण, एकै दिन ७५ जनामा संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १०, शनिबार
काठमाडौं – नेपालमा एकैदिन ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६८ जनामा देखिएको बताइसक्दा साँझ फेरि ७ जनामा कोरोना देखिएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जनामा कोरोना देखिएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले शनिबार साँझ रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एकजना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाए ।
Categorized in राष्ट्रिय