STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दलित पत्रकार सङ्घ प्रदेश ३ मा मिजार

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ९, सोमबार

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको प्रदेश नं ३ को अध्यक्षमा गोरखापत्र दैनिकका सिन्धुपाल्चोक संवाददाता चित्र मिजार निर्वाचित हुनुभएको छ । सङ्घको आइतबार सम्पन्न प्रदेश नं ३ को प्रथम भेलाले मिजारको अध्यक्षमा १७ सदस्यीय प्रदेश समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कमल विश्वकर्मा मकवानपुर, सचिवमा वसन्त परियार धादिङ, सहसचिव सरोज उपरकोटी चितवन र कोषाध्यक्षमा शर्मिला विश्वकर्मा काठमाडौँलाई चयन गरिएको छ । सदस्यमा भोजराज विश्वकर्मा, सीताराम बयलकोटी, विश्वास नेपाली, रामचन्द्र रम्तेल, गम्भीर विक, सङ्गम दर्जी, सुशीला विक, अशोक परियार, सन्दीप सुन्दास, निर्मला नेपाली र श्याम रोक्का चयन हुनुभएको छ । त्यसैगरी भेलाले सङ्घको काठमाडौँ उपत्यका कमिटीको अध्यक्षमा राष्ट्रिय समाचार समितिका सुशील दर्नाललाई चयन गरेको छ । उपाध्यक्षमा गणेश विक, सचिव सन्दिप विश्वकर्मा, सहसचिव निरोज तालागङ्गी, कोषाध्यक्ष सुशीला विश्वकर्मा तथा सदस्यहरुमा पवन बराइली, देवेन्द्र रसाइली, शोभा नेपाली, वीरेन्द्र जैरु, अर्जुनसिंह भुल, मुकेश रोक्का र अनिल सुनाम परियारलाई चयन गरिएको छ । राष्ट्रिय दलिल पत्रकार सङ्घ, नेपालका अध्यक्ष विनोद पहाडीले दलित समुदायका पत्रकारलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि २०६७ मा संस्था स्थापना गरिएको जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय