STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह

Janjati Khabar | २०७९ आश्विन १९, बुधबार

उपराष्ट्रपति नन्दबहादुर पुनले दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गर्नुभएको छ । बडादसैँ २०७९ को अवसरमा आज शुभकामना दिँदै उहाँले दसैँले नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा अभिवृद्धि गर्दै देशलाई समृद्ध बनाउन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । दसैँले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउने उल्लेख गर्दै उपराष्ट्रपति पुनले राष्ट्रको समुन्नति र समृद्धिका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई ऊर्जा प्रदान गरोस् भनी कामना गर्नुभएको छ 

 

Categorized in राष्ट्रिय