STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुवै मृगौला फेल भएका महर्जनको उपचारमा समस्या, सहयोगको याचना

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ३०, शुक्रबार

काठमाडाैं– आर्थिक अभावले दुवै मृगौला फेल भएका युवकको उपचारका लागि समस्या परकोले आर्थिक सहयोगको लागि सहयोगी मनहरुसँग सहयोग मागिरहेका छन् । ललितपुरको अग्निशाल, पाटन बस्ने वर्ष २२ का रोजल महर्जनको दुईवटै मृगौला फेल भएपछि उपचारका लागि आर्थिक संकलनका लागि गुहारिरहेका छन । महर्जन ललितपुरको कुमारीपाटीस्थित क्यास्पियन भ्याली कलेजमा स्नातक अन्तिम वर्षमा अध्ययनरत छात्र हुन् । उनको बुबाको ४ वर्ष अगाडि नै मृत्यु भइसकेको छ । परिवारमा बहिनीको पढाइ, आमाको उपचार खर्च तथा स्वयंको पढाइ खर्च एक्लैले व्यहोर्नु परिरहेको दुखोसो महर्जनले पोखे । ‘आमाको पनि स्थायी आम्दानीको स्रोत छैन’ उनले भने । रोजल महर्जनले लगनखेलस्थित पाटन हस्पिटलमा नियमित डाईलोसिस गरिरहेका छन् । डाईलोसिस निःशुल्क भए पनि रगत चढाउनु र सुई लगाउनको आफैले खर्च गर्नुपर्छ । हप्तामा दुईपटक डाइलोसिसको कम्तिमा तीन हजार रुपैयाँ खर्च लाग्छ । रोजलका आमा अन्जु महर्जनले समस्या सुनाउँदै भनिन् ‘छोरालाई बचाउन डाईलोसिसले मात्र हुँदैन । मृगौला नै प्रत्यारोपण गर्नुपर्छ । छोराको ब्लड ग्रप ‘ए’ हो । सहयोग गर्ने कोही छैनन् । किनेर प्रत्यारोपण गर्ने सामथ्र्य छैन । कसरी छोरा बचाउँ ? डाक्टरले ५ देखि ६ महिनाभित्र मृगौला प्रत्यारोपण गरिसक्नु भनेको छ ।’ विगत सम्झँदै अहिलेको पाइ परेको दुःख अन्जु महर्जनले सुनाइन्, ‘श्रीमान् बिते पनि छोराछोरीको मुख हेरर बसे । दुःखजिलो गरेर छोराछोरी हुर्काए तर केही वर्षमै अर्को बज्रपात सुन्नुपर्यो । छोराको दुवै मृगौला फेल भयो । मेरो भाग्य नै दुःख पाउन लेखेको रहेछ । म के गरुँ । काहाँ जाऊँ । कसरी छोराको किड्नी फेरुँ ? सरकारले ५ लाख दिने भएपनि सबै उपचार गर्न कम्तिमा पनि ५० लाख लाग्ने डाक्टरहरु बताउँछन् ।’ स्थायी आम्दानी नभएको र घरमा सम्पत्तिको नाममा खासै केही नभएको उनी बताउँछिन् । कहिले काँही अरुको घरमा ज्याला मजदुरी गरेर गुजारा चलाइरहेकी अन्जु महर्जनले दुःख सम्झँदै भक्कानिदै भनिन्, ‘हे भगवान ! सहने शक्ति देऊ । कति पीडा मात्रै दिन्छौं ।’ छोरा बचाउन उनले सहयोगको याचना गरेकी छन् । उनको सम्पर्क नम्बर ९८४३८०२६२१ रहेको छ । सहयोग गर्न चाहने महानुभावहरुले रोजल महर्जनको नाममा रहेको सिद्धार्थ बैंक कुमारीपाटी शाखाको खाता नम्बर ०१८१५३८२३८० मा अथवा एनआइसी एसिया बैंकको खुमलटार शाखाको खाता नम्बर २७८७७७७०८६५२४००१ मा आवश्यक सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ ।
Categorized in राष्ट्रिय