STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

देय् या लागि.. म्युजिक भिडियोका कलाकार र प्राविधिकहरु सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०८० बैशाख ३१, आइतबार

प्रेम महर्जनको प्रस्तुति रहेको लागू प्रदार्थ दुर्व्यसन विरुद्ध जनचेतना मूलक संदेश बोकी तयार पारिएको नेपालभाषाको म्युजिक भिडियो “देय् या लागि” बोलको गीतमा संलग्न कलाकार तथा प्राविधिकहरुको सम्मानार्थ आयोजित कार्यक्रम शनिबार  ललितपुरमा सम्पन्न भयो । 

संस्थाका क्रियटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जनको सभापतित्वमा, संसार क्रियशन्स नेपालद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित वरिष्ठ चलचित्र निर्माता/निर्देशक प्रकाश सायमीले म्युजिक भिडियोका सम्पूर्ण कलाकार/प्राविधिकहरु लाई प्रशंसा-पत्र प्रदान गर्नुकासाथै संस्थाका संस्थापक प्रेमहा संसार महर्जनले खादा ओडाई सम्मान गरिएको उक्त कार्यक्रममा संस्थाका प्रमुख प्रशासकीय अधिकारी दिपक विवश आँशु ताजपुरियाले स्वागत मन्तव्य राखेका थिए । गीतको विषयमा  रचनाकार प्रेम महर्जन, वरिष्ठ गायक नरेन्द्र प्यासी, संचारकर्मी तथा गायक सुरज बीर बज्राचार्य संगै प्रमुख अथिथिको रुपमा उपस्थितवरिष्ठ चलचित्र निर्माता/निर्देशक प्रकाश सायमी लगायतले आ-आफ्नों विचार राखेका थिए । औपचारिक कार्यक्रम लोकप्रिय कलाकार राजु महर्जनले संचालन गरेका थिए ।

बिहोल श्रेष्ठ, सुजना बज्राचार्य, बिना अवाले को मुख्य भूमिका रहेको भिडियो निर्देशन वरिष्ठ मेक-अप कलाकार सनम कुमार श्रेष्ठले गरेका हुन् ।

Categorized in साहित्य-कला