STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

देश प्रगति र विकासको गतिमा अगाडि बढ्दैछ ः प्रधानमन्त्री

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २, बिहिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले देश लगातार प्रगति र विकासको गतिमा अगाडि बढ्दै गएको बताउनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवास भवनको शिलान्यासपछि आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारबाट केही पनि भएन र सरकारले केही पनि गरेन भनेर कराउनेलाई व्यवहारबाट जवाफ मिल्दै जाने बताउनुभयो । संसद् भवनलगायत अन्य आवाससमेत निर्माण गर्दै र विभिन्न स्थानमा बाटोको शिलान्यास तथा उद्घाटनसँगै आयोजना सम्पन्न हुँदै जाने दृढता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “काम सम्पन्न भएर देश अगाडि बढेको कुराले तस्वीर आफैँ बोल्छ भने झैँ परिणाम आफैँ बोल्छ, व्यवहारबाट जवाफ मिल्छ, त्यस कारण हामीले धेरै कुरा बोलिरहनु पर्दैन ।” [caption id="attachment_22173" align="alignnone" width="900"] बुधबार सांसद भवन शिलान्यास गरेर महत्वपूर्ण पाइला अगाडि बढाएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री निवासको भवन आफ्ना लागि बन्न लागेको भनेर नबुझ्न आग्रह गर्नुभयो । उहाँले आलोचना गर्न बानी परेकाले जस्तो काम गरे पनि आलोचना गर्न नछाड्नेसमेत जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले नकारात्मक टिप्पणी गर्नेलाई आफ्नो पाना पल्टाएर हेर्दा पनि अप्ठ्यारो नलाग्ने गरी आलोचना गर्न सुझाव दिनुभयो । “कतिपय सञ्चारमाध्यममा देखेँ, संसद् भवन किन बनाउन लागेको यत्रो खर्च लगाएर भनेर, संसद् भवन पनि चाहिने, सित्तैमा पनि हुनुपर्ने कसरी होला रु” प्रधानमन्त्रीको प्रतिप्रश्न गर्नुभयो ।[/caption] “आलोचना गर्ने बानी लागेकाबाट भवन कम खर्चमा बनायो भने सस्तोमा बनाएको भनेर आलोचना हुन्थ्यो, सानो बनायो भने बाख्राको खोर हो रु भनेर आलोचना हुन्थ्यो, अलि मजबुद बनायो भने यत्रो ठूलो किन चाहियो भन्ने हुन्थ्यो, नबनाए गफ मात्रै गर्छ भन्थे”, प्रधानमन्त्रीले भन्नुभयो । देशको सर्वोच्च जनप्रतिनिधि संस्था, स्वतन्त्रताको प्रयोग गर्ने थलो, नीति निर्माण गर्ने संस्था स्वतन्त्र ढङ्गले कसैको दायित्व र दबाव नलिइ प्रभावबाट मुक्त राख्न आफ्नै खर्चले बनाउन लागेको भन्दै उहाँले संसद् भवन सताब्दीका लागि बन्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री निवास भवन निर्माण सम्पन्न हुँदा नहुँदै आफ्नोे कार्यकाल सकिने उल्लेख गर्दै उहाँले आफू ४१औँ प्रधानमन्त्री भएको र भवन आगामी २४१औँ प्रधानमन्त्री आउँदा पनि बस्न सक्ने गरी बन्न लागेको बताउनुभयो । उहाँले यसअघि पटकपटक गरेर बनेको प्रधानमन्त्री निवास निरङ्कुश राजतन्त्रले कमसल खालको बनाएको उल्लेख गर्दै भूकम्पले क्षति पु¥याउँदासमेत त्यसैमा बसिरहेको र अब बन्ने भवन वर्तमान समयको आवश्यकतालाई ध्यानमा राखेर निर्माण हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले वर्तमान समयमा देशको शासन, प्रशासन तथा विकास निर्माणका कामको विचार, विमर्श परामर्श या कूटनीतिक सम्बन्धलाई प्रभावकारी र सफलतापूर्वक अगाडि लैजानका लागि र आधुनिक विज्ञान प्रविधिको प्रयोग गर्ने खालको भवनको डिजाइन तयार भएको बताउनुभयो । उहाँले उपयुक्त ढङ्गले आवश्यकताअनुसार कार्यक्रम सञ्चालन गर्न सकिने र देश र विदेशमा सम्बन्ध स्थापित गर्नसमेत सकिने गरी भविश्यका प्रधानमन्त्रीलाई अहिलेको जस्तो झञ्झट बेहोर्न नपरोस् भनेर नै प्रधानमन्त्री निवासको भवन निर्माण गर्न लागिएको स्पष्ट पार्नुभयो । शिलान्यास समारोहमा शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले मुलुक समृद्ध नेपालको युगमा अगाडि बढेको भन्दै हिजो संसद् भवन आज प्रधानमन्त्री निवास शिलान्यास भएको र भोलि प्रदेश मुख्यमन्त्रीका निवासलगायतका भवन बन्दै जाने जानकारी दिनुभयो । देश सञ्चालन गर्ने मन्त्रालय भाडामा बस्नु लज्जास्पद कुरा भएको भन्दै उहाँले वर्तमान आवश्यकतालाई मध्यनजर गरेर भवन निर्माणको अभियान थालिएको बताउनुभयो । बीस वर्ष पहिलो संसद् भवन बनाउने भनेर निर्णय गरे पनि अहिलेसम्म कसैले नआँटेको स्मरण गर्दै उहाँले प्रधानमन्त्री निवास सानो भएको र भूकम्पलेसमेत क्षति पु¥याएकाले निर्माण गर्न लागिएको बताउनुभयो ।
Categorized in राष्ट्रिय