STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

धुलिखेल, पाटन र पाेखरामा ३ जना कोरोना संक्रमितको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २, मंगलबार

काठमाडौं – कोरोना संक्रमण बढेसँगै यसबाट मृत्यु हुनेहरुको संख्या पनि बढ्दैछ । मंगलबारमात्र ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएका छन् । धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएको थाहा हुन आएको छ । यससँगै धुलिखेल अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । यसैगरी, कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । ती महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया रहेको जनाइएको छ । मृतक महिलाकी २५ वर्षीया छोरीलाई पनि संक्रमण भएको पुष्टि भएको जनाइएको छ । कांग्रेस उपसभापतिको मृत्यु यसैगरी, कोरोना संक्रमणबाट कांग्रेस नवलपरासीका उपसभापतिको मृत्यु भएको छ । नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको हो । उनको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।
Categorized in राष्ट्रिय