STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नगर प्रहरीको अवरोध बावजुद गरियो न्युरोडको सडक कालोपत्र

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २१, सोमबार

काठमाडौं- न्युरोड क्षेत्रमा फुटपाथ फराकिलो बनाउन भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको सडकमा सडक डिभिजन कार्यालयले कालोपत्र गरेको छ।  

सोमबार महानगरले भत्काएको सडक किनारामा कालोपत्र गर्न पुगेको सडक डिभिजनको टोलीमाथि महानगर प्रहरीले अवरोध खडा गरेको थियो। त्यसकाबीच पनि सडक डिभिजन कार्यालयले सडक कालोपत्र गरेको हो।  

सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर अर्जुन नेपालीले अनुमतिबिना महानगरपालिकाले सडक भत्काएकाले आफूहरुले कालोपत्र गर्न थालेको बताए। 

उनले भने, ‘यो सडक हामीले हेर्ने हो। यसको मर्मत पनि हामीले गर्दै आएका छौँ। कुनै निकायले कुनै गतिविधि गर्दा हामीसँग समन्वय गरेर गर्नुपर्छ। हामीसँग अनुमति लिनुपर्छ। यो हाम्रो कार्यक्षेत्र हो यहाँ हाम्रो अनुमतिबिना कुनै पनि कामहरु गर्न पाइदैन। सडक बिग्रिएको हुनाले यसलाई पुन स्थापना गर्न आएको हो।’ 

विवाद मिलाउन नगर प्रहरी र सडक विभागका अधिकारीहरूबीच न्युरोडमा छलफल समेत भएको थियो। 

काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्र काटेर सडक भत्काउने काम थालेको थियो। सोहि विषयमा महानगर र सडक विभागबीच पत्र काट्ने तथा स्पषटीकरणसम्मको तनावको स्थिति पैदा भएको थियो। 

Categorized in उपत्यका